महिला साफ च्याम्पियनसिप नेपालमा हुने
नेपाल प्रेस
२०७९ असार १८ गते १८:०६
काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२२ नेपालमा आयोजना हुने भएको छ ।
शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।
प्रतियोगिता भदौ १३ देखि २५ सम्म नेपालमा आयोजना हुने भएको हो ।
यसअघि, अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ भदौ १३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको थियो ।
शनिवारको कंग्रेसले सोही मितिमा प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई दिएको हो ।
बङ्गलादेशको ढाकामा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) को साधारण कांग्रेस २०२२ ले काजी मोहम्मद सलाहुद्दिनलाई दक्षिण एसियाली फुटबल महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
सलाउद्दिन दोस्रो कार्यकालका लागि पुनः साफको अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर