महानगरले ठेला उठाएका मकै व्यापारी दम्पतीलाई कांग्रेस नेताको सहयोग(भिडिओ) – Nepal Press

महानगरले ठेला उठाएका मकै व्यापारी दम्पतीलाई कांग्रेस नेताको सहयोग(भिडिओ)

काठमाडौं । बालुवाटारमा फुटपाथमा मकै बिक्री गर्ने क्रममा काठमाडौं महानगरले ठेला उठाएका दम्पतीलाई कांग्रेस नेता मोहनबहादुर बस्नेतले आर्थिक सहयोग गरेका छन् ।

सिन्धुपाल्चोक मेलम्ची-१० का चेतेन्द्र आचार्य दम्पतीलाई आइतबार बस्नेतसहित कांग्रेस सिन्धुपाल्चोकका दुई नेताले ५१ हजार रूपैया सहयोग गरेका हुन् । महानगरका प्रहरीले गाडा खोसेपछि भाडा तिर्न र बालबच्चा पढाउन समस्या भएको थाहा पाएपछि सहयोग गरेको बस्नेतले बताए । उनले सवारीसाधानको आवतजावत र सर्वसाधारणको आवातजावतमा समस्या नहुने गरी व्यवसाय गर्न सुझाव दिएका छन् ।

चेतेन्द्रले कसैलाई बाधा नपर्ने स्थानमा व्यापार गर्दा आफ्नो ठेला लगेको गुनासो गरे ।

प्रधानमन्त्री निवास बालुवाटारबाट दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्न लाग्दा महानगरले उनीहरूको गाडा जफत गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर