माओवादी बैठक : प्रचण्डको प्रतिवेदनमाथि छलफल जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरू भएको छ ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदनमाथि छलफल सुरू भएको छ । प्रतिवेदनमाथि धारणा राख्ने केन्द्रीय सदस्यलाई २-२ मिनेटको समय छुट्याइएको छ ।
भोलिसम्म चल्ने बैठकमा निर्वाचनको समीक्षा, आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे पनि छलफल हुनेछ । यसअघि आइतबार सुरु भएको बैठकमा प्रदेशका अध्यक्ष तथा इन्चार्जहरूले रिपोर्टीङ गरेका थिए ।
बैठकमा केन्द्रीय पदाधिकारीदेखि प्रदेशलगायत सबै तहका कमिटीलाई पूर्णता दिनुपर्ने, गठबन्धनमा कांग्रेससँगको सहकार्यबारे पुनर्विचार गर्नुपर्नेलगायतका माग उठेको छ ।