संसदमा ओलीले भने- कांग्रेस र माओवादीले अघि बढाएको एसपीपी मैले स्टप गरेको हो (भिडिओ) – Nepal Press

संसदमा ओलीले भने- कांग्रेस र माओवादीले अघि बढाएको एसपीपी मैले स्टप गरेको हो (भिडिओ)

‘एसपीपी गठबन्धनको मात्र विषय होइन, प्रधानमन्त्रीबाटै सत्यतथ्य आउनुपर्छ’

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपीका सन्दर्भमा सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै विपक्षी नेता ओलीले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको विषय गाँसिएकाले यस विषयमा प्रधानमन्त्रीले संसदलाई र जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताएका हुन् । ओलीले आफ्नो पहिलो माग नै यही रहेको भन्दै एसपीपीको बारेमा क-कसको पालामा के-के भयो सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताए ।

ओलीले भने, ‘कुनै भ्रमपूर्ण प्रचारबाजी गर्ने होइन सत्य तथ्य कुरा बाहिर ल्याउनुपर्छ र यो काम सम्माननीय प्रधानमन्त्रीज्यूले गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । तत्कालीन सेनापति छन् सोधे हुन्छ । यो कुनै गठबन्धनको विषय होइन राष्ट्रको विषय हो ।’

पूर्वप्रधानमन्त्री ओलीले एसपीपीका सन्दर्भमा सन् २०१५ देखि सुरू भएका सिलसिला सुनाउँदै ओलीले सुशिल कोइरालाका पालामा सुरू भएर प्रचण्ड र शेरबहादुर देउवाका पालामा पत्राचार अघि बढेको बताए । ओलीले २०७६ जेठमा एमसीसीको प्रतिवेदनमा एसपीपी इण्डो प्यासिफिकको अंग भएको र नेपाल त्यसम सामेल भएको रिपोर्ट आएपछि आफ्नो सरकारले त्यसलाई रोकेको बताए ।

तत्कालीन रक्षामन्त्रीले परराष्ट्रसचिवको संयोजकत्वमा गठन गरेको समितिले तत्कालै स्टप गरेको भन्दै ओलीले यसबारेमा यथार्थ जानकारी गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर