विनोद चौधरी लक्षित ओलीको टिप्पणी- ठूलो संख्यामा गाडी अर्डर गरेर करका दर परिवर्तन गरियो (भिडिओ) – Nepal Press

विनोद चौधरी लक्षित ओलीको टिप्पणी- ठूलो संख्यामा गाडी अर्डर गरेर करका दर परिवर्तन गरियो (भिडिओ)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सांसद तथा खर्बपति व्यापारी विनोद चौधरीको लागि बजेटमा करका दर हेरफेर गरिएको दाबी गरेका छन् ।

चौधरीको नाम नलिई प्रमुख विपक्षी नेता ओलीले प्रतिनिधिसभामा बोल्ने क्रममा उनीहरूकै प्रतिनिधि राखेर अर्थमन्त्रीले बजेट बनाएको र त्यो कुरा बाहिर आएपछि सिसिटिभी फुटेज नै डिलिट गरिएको बताए ।

ओलीले भने– एउटा व्यापारिक घरानाले ठूलो संख्यामा गाडीहरू अर्डर राखेर भन्सार बिन्दुमा आइसकेपछि भन्सार र करको दर परिवर्तन गरियो । नेटाभी, टाटा र कियाजस्ता सीमित कम्पनीलेमात्र गाडी आयातमा फाइदा हुने गरी बजेटमा हेराहेरी गरियो । व्यापारीका प्रतिनिधि राखेर भन्सार,राजश्वका दर परिवर्तन हुन्छ भने हामी दुर्घटनामा जाने निश्चित छ ।

पूर्व प्रधानमन्त्री ओलीले कुन कुन वस्तुको भन्सार दर घटाउने र बढाउने भन्ने निर्धारण बजेट बनाउने बेला ती व्यापारीका प्रतिनिधि राखेर गरिएको र व्यापारीको अनुहार बजेटमा झल्किएको बताए ।

ओलीले आफ्नो सरकारका पालामा एउटा सहसचिवले गर्ने काममा प्रश्न उठाउँदै प्रतिपक्षका सांसदले युवालाई बेसादर दलेर सडकमा पठाएको र ओम्नी काण्डको आरोप लगाएको भन्दै अहिलेको सरकारले ओम्नी काण्डलाई सडकमा ल्याएर छानबिन गर्न चुनौती दिए ।

ओलीले भने– तपाईँहरू सरकारमा हुनुहुन्छ, ओम्नीलाई सडकमा ल्याउनुस र जनतालाई भन्नुस् । हामीले त ओम्नी काण्डको प्रश्न उठ्ने बित्तिकै व्यापारीका छानबिन समिति बनाएर कारबाही अघि बढाएका थियौँ । तर अहिले व्यापारिक प्रतिनिधि राखेर बिचौलिया राखेर बजेट बनाउनेमाथि के हुन्छ ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *