अमेरिका भ्रमणबाट फर्किए प्रधान सेनापति शर्मा
नेपाल प्रेस
२०७९ असार २० गते १४:४१
काठमाडौं । दुई साताभन्दा बढीको विदेश भ्रमणपछि नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा आइतबार स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्की तथा रक्षा सचिव किरणराज शर्माले स्वागत गरेका थिए ।
उनी नेपाली सेना शान्ति मिसनमा खटिएको लेबनान र सिरिया भ्रमणपछि असार १३ गते औपचारिक भ्रमणका लागि अमेरिका पुगेका थिए ।
अमेरिकी सेनाका विभिन्न युनिटको भ्रमणपछि उनी आइतबार संयुक्त राष्ट्र संघको मुख्यालय पुगेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर