जब ‘काली माता’लाई चुरोट पिएको देखाइयो – Nepal Press

जब ‘काली माता’लाई चुरोट पिएको देखाइयो

काठमाडौं । धार्मिक मुद्दालाई लिएर विभिन्न झडप तथा तनावको घटना सुनिरहने छिमेकी मुलुक भारतमा एक वृत्तचित्रमा काली माताले चुरोट पिएको देखाइएपछि अवस्था तनावग्रस्त भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार चलचित्रकर्मी लीना मणिमेकले आफ्नो ‘काली’ नामक वृत्तचित्रको पोस्टर सार्वजनिक गरेकी छिन् । जसमा काली माताको पहिरनमा रहेकी अभिनेत्रीले चुरोट पिएको देखिन्छ भने पृष्ठभूमिमा लैङ्गिक अल्पसंख्यक समुदायले प्रयोग गर्ने झण्डालाई पनि देखाइएको छ ।

उक्त पोस्टर सार्वजनिक भएपछि लिनाको सामाजिक सञ्जालमा धार्मिक आस्थामाथि ठेस पुर्‍याइएको भन्दै चर्को आलोचना सुरु भएको छ । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि यस्ता टिप्पणीले विचलित नहुने बताएकी चलचित्रकर्मी लिनाले हाल सामाजिक सञ्जालमा कमेन्ट प्रतिबन्ध गराएकी छन् ।

भारतमा जन्मिएकी लिना हाल क्यानडामा बसोबास गर्दै आएकी छिन् । उनको त्यो वृत्तचित्रमा ‘रिदम अफ क्यानडा’ नामक एक कार्यक्रमको भाग रहेको बताएकी छन् । हाल उनीविरुद्ध धार्मिक आस्थामा ठेस पुर्‍याएको आरोपमा दिल्ली पुलिसले केस दर्ता गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर