अर्थमन्त्री शर्मालाई डा. लोहनीको सुझाव- राजीनामा दिएर नैतिकताको नयाँ क्रान्ति सुरू गरौं – Nepal Press

अर्थमन्त्री शर्मालाई डा. लोहनीको सुझाव- राजीनामा दिएर नैतिकताको नयाँ क्रान्ति सुरू गरौं

काठमाडौं । पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले क्रान्तिकारी अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएर नैतिकताको नयाँ क्रान्ति सुरू गर्ने बेला आएको टिप्पणी गरेका छन् ।

ट्वीटरमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘मलाई लाग्छ कि अब हाम्रा ‘क्रान्तिकारी’ अर्थमन्त्रीले मन्त्रिपरिषदबाट राजीनामा दिएर सरकारी नैतिकतामा नयाँ ‘क्रान्ति’ सुरु गर्ने बेला आएको छ ।’

पूर्वमन्त्री लोहनीले ट्वीटमा अर्थमन्त्री शर्मालाई ‘श्री शर्मा’ भनेर लेख्दै १७ हजारभन्दा बढीको ज्यान लिने माओवादी विद्रोहका कमाण्डर रहेको टिप्पणी गरेका छन् ।

‘आखिर श्री शर्मा १७००० भन्दा बढीको ज्यान लिने माओवादी विद्रोहका कमाण्डरमध्ये एकका रूपमा परिचित छन्’, उनले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर