श्रीलंका संकट : खाना बचाउन दिउँसो १२ बजेसम्म बच्चा सुताउँछन् अभिभावक
काठमाडौं । श्रीलंकामा १२ हप्तादेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । मुद्रास्फिति, बेरोजगारी र इन्धनको चरम अभावले जनता पीडित छन् । कोलम्बोका अटो रिक्शा चालक थुशन परेराले आफ्ना तीन बच्चालाई झण्डै पाँच हप्तादेखि दुवै छाक पूरा खाना खुवाएका छैनन् । उनको परिवार बिस्कुटको प्याकेटमा निर्भर छ, जसको मूल्य १३० श्रीलंकाली रूपैयाँ (नेपाली मुद्रामा ४५ रूपैयाँ) पर्छ ।
परेरा भन्छन्, ‘हामी हाम्रा बच्चाहरूलाई दिउँसो १२ बजेसम्म सुताउने प्रयास गर्छौं, ताकि उनीहरूलाई बिहानको खाजा बनाउन नपरोस् । दुई दिन लाइनमा उभिएर ५ लिटर पेट्रोल पाइन्छ । सरकारले असार २२ गतेसम्म इन्धन नआउने कुरा बिर्सेको छ । प्रतिलिटर १०३ रूपैयाँको पेट्रोल कालोबजारीमा ५५० मा बिक्री भइरहेको छ ।’
श्रीलंकाको २२ करोड जनसंख्यामा परेरा जस्ता धेरै व्यक्तिहरू छन् जसमा सरकारप्रति धेरै आक्रोश भइरको छ। शैक्षिक संस्थाहरु बन्द छन् । केही घण्टा बिजुली काटिएको छ । यसअघि भारतबाट ऋणस्वरूप प्राप्त भएको करिब ६ हजार करोड रुपैयाँ पनि सकिएको छ । श्रीलंकाले मध्यपूर्वबाट रुसलाई सहयोगको अपिल गरेको छ ।
ठाउँ-ठाउँमा झडप
जनतामा निराशा छाएको छ । यहाँको पेट्रोल पम्पको अनुगमन गर्ने गरेकाले प्रहरी, सेना र वायुसेनासँग दिनहुँ आम नागरिक झडप भइरहेका छन् । समाजमा अप्रत्याशित रूपमा विद्रोह बढेको छ, जुन दंगाको रूपमा देखापर्छ । विद्यालय, कलेज, अस्पताल बन्द छन् । त्यसैले युवाहरू आफ्नो परिवारमा भइरहेको असहाय देख्न बाध्य भएका छन् ।
यो हप्ता १९९० सुवा सिरिया, भारतले दान गरेको आपतकालीन एम्बुलेन्स सेवा पनि ठप्प भएको छ । आकस्मिक सेवा पनि उपलब्ध छैन । सरकारविरुद्धको विद्रोह दिन प्रतिदिन बढ्दै गएको छ । अटो रिक्सा चालक अरुणा अल्भिसले यो अवस्था सुधार नभएसम्म राष्ट्रपति र प्रधानमन्त्रीको घर घेराउ गर्ने बताइन् ।
जनताका लागि कहिल्यै केही नगर्ने नेता आफ्ना लागि भने इन्धन र खाना सहजै पाउने भन्दै धेरैले आलोचना गरेका छन् । उता, सर्वसाधारण दुई दिनसम्म दिनरात लाइनमा बसेर अत्यावश्यक सामान जोहो गर्न थालेका छन् ।
श्रीलंकामा रासायनिक मलमा प्रतिबन्ध लगाएपछि मुलुकमा खाद्य संकट उत्पन्न भएको छ । ग्यासको अभावका कारण मानिसहरू दाउराकै प्रयोगमा फर्किएका छन् । तीन दिनमा एक दिन कमाउन सक्ने र त्यो दिनको कमाइबाट तीन किलो चामल मात्रै किन्न सक्ने परेरा बताउँछन् ।
श्रीलंकाका मध्यमवर्गीय परिवारहरूले पनि आफ्नो खानाको उपभोग घटाएका छन्, किनकि उनीहरू यति महँगो खाद्यवस्तु लिन हिचकिचाउँछन्। मेमा ३९.१ प्रतिशत रहेको मुद्रास्फीति जुनमा बढेर ५४.६ प्रतिशत पुगेको छ । खाद्य मुद्रास्फितिलाई मात्रै हेर्दा मे महिनामा ५७.४ प्रतिशतबाट बढेर जुनमा ८०.१ प्रतिशत पुगेको छ ।