एउटै परिवारका ६ जनाको हत्या भएको मादी घटनामा चार जनालाई आजीवन कारावास – Nepal Press

एउटै परिवारका ६ जनाको हत्या भएको मादी घटनामा चार जनालाई आजीवन कारावास

काठमाडौं। संखुवासभाको मादीमा एउटा परिवारका ६ जनाको हत्या भएको घटनामा चार जनालाई आजीवन कारावास सजाय भएको छ ।

संखुवासभा जिल्ला अदालतले मृतकहरूका छिमेकीहरू खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर तथा रणबहादुर कार्की र उनका छोरा लोकबहादुरलाई आजीवन कारावास सजाय सुनाएको हो ।

रणबहादुरका कान्छा छोरा १७ वर्षीय नरेशलाई भने १६ वर्ष कैद सजायको सजाय सुनाइएको छ ।

गत भदौ २८ गते मादी-१ खोला गाउँकै एकै परिवारका ६ जना मृत भेटिएका थिए । उनीहरूको शव घर भित्र र बाहिर बीभत्स अवस्थामा भेटिएको थियो ।

तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती रञ्जना कार्की तथा नातिनातिना दीपेन र गोमाको हत्या भएको थियो ।

सुरुमा प्रहरीले लोकबहादुरलाई मात्र सार्वजनिक गरे पनि अनुसन्धानका क्रममा कहानीले अर्कै मोड लिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर