सुडानमा सैन्य शासन अन्त्यको संकेत – Nepal Press

सुडानमा सैन्य शासन अन्त्यको संकेत

काठमाडौं । सैन्य शोषण विरुद्धको आन्दोलन चर्किँदै गए पश्चात सुडानका सैन्य नेता जनरल अब्देल फतह अल-बुरहानले सुडानमा आम नागरिकलाई सरकार बनाउने बाटो खुल्ला गरिने बताएका छन् ।

‘शसस्त्र बलले लोकतान्त्रिक पद्धतिलाई रोक्ने छैन , सुडानी जनताले आफू माथि कसले शोषण गर्ने भन्ने चुन्न पाउने अधिकार प्रत्याभूति गराउन सुडान सैनिक प्रतिबद्ध छ ।’

अल-बुरहानलाई उदृत गर्दै अलजजिराले जनाएको छ । सैनिक र नागरिक सदस्य रहेको सत्तारुढ सार्वभौम परिषद् नयाँ सरकार गठनपछि भंग हुने उनको भनाई छ ।

उनले आन्दोलनरत समूहलाई तत्काल एक वार्ता समिति गठन गरी वार्तालाई गम्भीर रूपमा अघि बढाउनको लागि पनि अपिल गरेका छन् ।

उनले आउने दिनमा सेनाको राजनैतिक भूमिका के हुने भन्ने बारे भने केही बताएका छैनन् । हाल सुडानमा भइरहेको विरोध प्रदर्शनमा ९ जनाको ज्यान गएको छ भने ६ सय २९ जना घाइते भएका छन् ।

सुडानमा सन् २०१८ को अक्टोबर देखी सेनाले सत्ता कब्जा गरेको थियो त्यस यता सुडानमा सैन्य दमनका कारण १८ बालबालिका सहित १ सय १३ जनाको मृत्यु भइसकेको छ ।

अलजजिराको रिपोर्टमा उल्लेख भए अनुसार अल—बुरहानले उक्त घोषणा गरे तापनि सुडानी नागरिकहरू पूर्ण रूपमा विश्वस्त भने हुनसक्ने वातावरण छैन ।

सङ्क्रमणकालीन सरकार गठन गर्न र निर्वाचनको समय सीमा तोक्न कुनै किसिमको सहमतिमा नपुगेसम्म सेनाको जिम्मेवारी यथावत् रहने हुँदा हालको अवस्थामा सुडानको सैन्य सत्ता ढलेको भनेर भन्न नसकिने रिपोर्टमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर