प्रहरीद्वारा ४२२ किलो गाँजा नष्ट
नेपाल प्रेस
२०७९ असार २१ गते १९:१५
हेटौँडा । मकवानपुर प्रहरीले बरामद गरेको ४ सय २२ किलो गाँजा नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय पालुङको टोलीले थाहा नगरमा बरामद गरेको ४२२ किलो लागू औषध गाँजा इलाका प्रहरी कार्यालय नजिक खोला किनारमा जलाएको हो ।
प्रहरी निरीक्षक दुर्गा खनालको नेतृत्वमा गएको प्रहरी टोलीले जेठ ८ गते राती थाहा नगरपालिका ३ घर्तिखोलामा रोकिराखेको ना ६ ख ३२४३ नम्बरको मिनी ट्रकमा सो परिमाणमा गाँजा बरामद गरेको थियो ।
ट्रकमा कोही पनि नभएको अवस्थामा २८ पोका गाँजा फेला पारेका थिए । अनुसन्धानका क्रममा सो गाँजा कसले ल्याएका हुन् भन्ने यकिन भइसकेको छैन ।
प्रतिक्रिया
सम्बन्धित खवर