मन्त्री विवादमा आएपछि अनिश्चितकालका लागि बिदामा बसे अर्थसचिव – Nepal Press

मन्त्री विवादमा आएपछि अनिश्चितकालका लागि बिदामा बसे अर्थसचिव

काठमाडौं । बजेट निर्माणलगायतका विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् ।

आजदेखि नै लागू हुने गरी उनी अनिश्चितकालका लागि बिदामा बसेका हुन् । बिदा लिनुअघि प्रधानमन्त्री, अर्थमन्त्री शर्मा र मुख्यसचिवलाई उनले जानकारी गराएको बताइएको छ ।

प्रतिपक्ष नेकपा एमालेलगायतले बजेट आउने अघिल्लो रात अनधिकृत मान्छे मन्त्रालय छिराएर करको दर हेरफेर गरेको विषय उठाउँदै सीसीटीभी फुटेज मागेका थिए । तर, सो फुटेज डिलिट भएको मन्त्रालयको जवाफसँगै अहिले विरोध चर्किएको छ ।

आफू पनि मन्त्रीसँगै विवादमा मुछिनसक्ने भन्दै उनी बिदामा बसेको स्रोतले बतायो । उनले अन्यत्रै सरुवासमेत चाहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर