बेलायतमा थप दुई मन्त्रीले दिए राजीनामा – Nepal Press

बेलायतमा थप दुई मन्त्रीले दिए राजीनामा

लन्डन । बेलायतमा थप दुई मन्त्रीले राजीनामा दिएका छन् । बालबालिका र परिवारमन्त्री विल क्विन्स र कनिष्ठ यातायातमन्त्री लौरा ट्रटले बुधवार राजीनामा दिएका हुन् ।

क्विन्सले राजीनामा दिनुको ‘विकल्प नभएको’ बताएका छन् भने ट्रटले सरकारमा ‘विश्वास’ गुमेको कारण राजीनामा दिएको बताइन् । यसअघि अर्थमन्त्री र शिक्षामन्त्रीले राजीनामा दिएका थिए ।

प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर मन्त्रीहरूले धमाधम राजीनामा दिएका हुन् । एकपछि अर्को मन्त्रीको राजीनामापछि प्रधानमन्त्री बोरिस जोनसन थप दबाबमा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर