जिन्म्यास्ट सिमोन र फुटबलर रापिनोई ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ अवार्डबाट सम्मानित – Nepal Press

जिन्म्यास्ट सिमोन र फुटबलर रापिनोई ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ अवार्डबाट सम्मानित

काठमाडौं । ओलम्पिक जिन्म्यास्ट सिमोन बिल्स र अमेरिकन महिला फुटबल टिमकी कप्तान मेगान रापिनोई अमेरिकाको सर्वोच्च नागरिक पुरस्कार ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ अवार्डबाट सम्मानित भएका छन् ।

सिमोन उक्त अवार्ड प्राप्त गर्ने सबैभन्दा कम उमेरकी व्यक्ति बनेकी छिन् । बिहीबार ह्वाइट हाउसमा आयोजित समारोहमा राष्ट्रपति बाइडेनले उनीहरुलाई सम्मान गरेका हुन् ।

दुई ओलम्पिकमा बिल्स अमेरिकन जिन्म्यास्ट इतिहासमा सर्वाधिक सफल जिन्म्यास्ट बनेकी छिन् । हालसम्म उनले जिन्म्यास्टिकमा २५ स्वर्ण चार रजत र पाँच काँस्य जितेकी छिन् । जसमध्य ओलम्पिकमा चार स्वर्ण, एक रजत र दुई काँस्य छन् ।

यस्तै, रापिनोईले अमेरिकन महिला फुटबल टिमसँग दुई पटक विश्वकप र ओलम्पिकमा स्वर्ण जितेकी छिन् । अमेरिकी महिला फुटबल टिम विश्वमा सबैभन्दा प्रभावशाली रहँदा पनि उनीहरुलाई पुरुषकोभन्दा कम तलब दिइएको थियो । त्यसैको विरोधमा रापिनोईले उठाएको आवाजले आज महिला र पुरुष फुटबल टिमले समान तलब प्राप्त गर्दैछन् ।

रापिनोइले तलब समानता, जातिय समानता र लैङगिक अल्पसंख्यक अधिकारको पक्षमा वकालत गरेकाले उनले ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ अवार्ड प्रप्त गरेकी हुन्। अमेरिकन फुटबलमा रापिनोईको योगदान अमूल्य रहँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *