जापानका पूर्वप्रधानमन्त्रीको निधनमा भारतले गर्यो राष्ट्रिय शोकको घोषणा
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा भारतले भोली (शनिबार) राष्ट्रिय शोकको घोषणा गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संजाल ट्विटर मार्फत आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाइने घोषणा गरेका हुन् ।
‘पूर्वप्रधानमन्त्री आबे शिन्जोप्रति हाम्रो गहिरो सम्मानको प्रतीकको रूपमा, ९ जुलाई २०२२ मा एक दिनको राष्ट्रिय शोक मनाइनेछ।’ मोदीद्वारा जारी ट्विटमा उल्लेख छ ।
जापानको नारामा आयोजना गरिएको एक चुनावी सभालाई सम्बोधन गरिरेका बेला गोली प्रहार गरिएका सिन्जोको उपचारको क्रममा निधन भएको थियो ।
नारा स्थिति साइदाइजी स्टेसन अघि आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गरिरेहेका बेला उनि माथि एक ४१ बर्षीय पुरुषले गोली प्रहार गरेका थिए । सिन्जोका हमलावर आहिले प्रहरी नियन्त्रणमा छन् ।