जनताको भावना बुझ्न नसके राजनीतिमा अर्कै परिस्थिति आउन सक्छ : सभामुख सापकोटा (भिडिओ) – Nepal Press

जनताको भावना बुझ्न नसके राजनीतिमा अर्कै परिस्थिति आउन सक्छ : सभामुख सापकोटा (भिडिओ)

अर्कै काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको संघीय नमुना युवा संसद् अभ्यासको उद्घाटन गर्दै सभामुख सापकोटाले अहिले सामान्य मान्छेले चुनाव लड्नै नसक्ने गरी खर्च हुन थालेको र चुनावमा विकृति र विसंगति देखिन थालेको भन्दै यसको अन्त्यका लागि युवाहरूले अभियान नै सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

हालै भएको स्थानीय तहको निर्वाचनमा काठमाडौंको र अन्य स्थानको विश्लेषण गर्दा विद्यमान परिस्थितिबाट जनताहरू सन्तुष्ट नदेखिएको उनले बताए ।

उनले जनताहरूको भावनालाई नेपालका राजनीतिक पार्टी र नेतृत्वमा बसेकाहरूले बुझ्न नसके आगामी चुनावमा अर्कै परिस्थिति आउन सक्ने धारणा राखे । त्यस्तै उनले चुनावलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण रूपमा सम्पन्न गर्न र असल, इमानदार उम्मेदवारलाई जिताउनका लागि युवाहरूले गरेको नमुना संसद् अभ्यासले महत्त्वपूर्ण योगदान गर्ने जिकिर गरे ।

सभामुख सापकोटाले अहिलेको समयमा सही बिचारका साथ अघि बढ्न युवाहरूलाई सुझाव पनि दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *