बुढीगंगा अपडेट : गणना आधा सम्पन्न हुँदा एमालेको दोब्बर अग्रता कायमै – Nepal Press

बुढीगंगा अपडेट : गणना आधा सम्पन्न हुँदा एमालेको दोब्बर अग्रता कायमै

कैलाली ।  बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना जारी छ। पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ दोब्बर मतले अगाडि छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म एमालेका बानियाँले २ हजार ९२५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रङ्गबहादुर खातीले १ हजार ५६९मत पाएका छन् ।

यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुँवरले २ हजार ८६६ मत पाएकी छन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी रिता शाहीले १ हजार ६२३ हजार मत ल्याएकी छन् ।

अहिलेसम्म ४ हजार ७६३ मत गणना भएको बताइएको छ। अहिलेसम्म मत गणना सकिएका चार वटा वडा एमालेले जितेको छ।

अहिले वडा नम्बर ८ र ३ को गणना जारी छ। बुढीगंगामा कूल ९ हजार १२८ मत खसेको थियो।


प्रतिक्रिया

One thought on “बुढीगंगा अपडेट : गणना आधा सम्पन्न हुँदा एमालेको दोब्बर अग्रता कायमै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर