मेटमणिलाई हटाएर सम्धीलाई प्रदेश अध्यक्ष बनाए माधव नेपालले – Nepal Press

मेटमणिलाई हटाएर सम्धीलाई प्रदेश अध्यक्ष बनाए माधव नेपालले

रुपन्देही । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टीको लुम्बिनी प्रदेश अध्यक्षमा यसअघिका अध्यक्ष मेटमणि चौधरीलाई हटाएर आफ्ना सम्धी सोमप्रसाद पाण्डेलाई बनाएका छन् ।

शनिवार बुटवलमा अध्यक्ष नेपाल आफै सहभागी पार्टीको प्रदेश कमिटी बैठकबाट चौधरीलाई हटाएर पाण्डेलाई प्रदेश अध्यक्ष बनाइएको हो ।

दाङका चौधरी र पाल्पाका पाण्डे दुवै प्रतिनिधि सभा सदस्य हुन् ।

स्थानीय तहको निर्वाचनमा तथा पार्टीका अन्य सङ्गठनात्मक काममा चौधरी निकै अगाडि देखिए पनि पाण्डेलाई अगाडि सारिएकोप्रति लुम्बिनीका नेताहरू आश्चर्यमा परेका छन् ।

नेकपा एसका नेताहरूले चौधरी अहिले मन्त्री तथा पार्टीको सचिव भएकाले पनि पाण्डेलाई प्रदेशको जिम्मेवारी दिएको दाबी गरेका छन् ।

बैठकमा चौधरी आफैले पाण्डेलाई अध्यक्षको रूपमा प्रस्ताव गरेको र सर्वसम्मतबाट अध्यक्षमा पाण्डे चुनिएको केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई बताए ।


प्रतिक्रिया

2 thoughts on “मेटमणिलाई हटाएर सम्धीलाई प्रदेश अध्यक्ष बनाए माधव नेपालले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर