नृत्यले नेपालको मौलिक पहिचान गराउँछ : उपराष्ट्रपति पुन (भिडिओ) – Nepal Press

नृत्यले नेपालको मौलिक पहिचान गराउँछ : उपराष्ट्रपति पुन (भिडिओ)

काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले विश्वमा नेपालको मौलिक पहिचान गराउने माध्यम नृत्य भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नृत्य प्रतियोगिता कार्यक्रममा उपराष्ट्रपति पुनले नृत्यका धेरै विधा रहेको भन्दै यसले विश्वमा नेपालको मौलिक पहिचान गराउने बताए ।

समाजको रूपान्तरणसँगै नेतृत्वमा मौलिकता कायम राख्नुपर्ने धारणा उनले राखे ।

नृत्यका सन्दर्भमा औपचारिक शिक्षा सुरु हुनु सकारात्मक भएको भन्दै नृत्यको माध्यमबाट रोजगारीको सिर्जना समेत भइरहेको उनले बताए ।

कार्यक्रममा उपराष्ट्रपति पुनले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर