जनरल इन्स्योरेन्सले सम्पन्न गर्यो सम्पत्ति शुद्धीकरण तथा आतंककारी निवारण अभिमुखीकरण
नेपाल प्रेस
२०७९ असार २६ गते ११:५०
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।
जनरल इन्स्योरेन्स कम्पनीले कम्पनीका सञ्चालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको हो ।
हात्तीसारमा सञ्चालित कार्यक्रममा बीमा समितिका उपनिर्देशक हृदय पण्डितले प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर