ब्याजदर धेरै माथि पुगिसक्यो अब विचार गरौं : गोल्छा – Nepal Press

ब्याजदर धेरै माथि पुगिसक्यो अब विचार गरौं : गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा ब्याजदर धेरै माथि गएकोले विचार गर्नुपर्ने समय आएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले पछिल्लो केही समयमा ब्याजदर धेरै माथि गएकाले नेपाल राष्ट्र बैंकले बेलैमा विचार गर्नुपर्ने बताए ।

उनले भने, ‘सुरुमा बेस रेट तोकेर ऋण दिए पनि भए पनि अहिले ऋण नै नपाउने समस्या रहेको छ । बस्तु आयातमा शतप्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्थाले बजारमा बस्तुको महँगी वृद्धि भएको र बैंकले मार्जिन राखेको पैसाको व्याज नदिने भएकाले बैंक मात्रै मोटाएका छन् ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ र रामचन्द संघाइ लगायतको उपस्थिति रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *