११० क्यान्सरपीडितलाई सुर्खेत जनस्वास्थ्य कार्यालयको सहयोग – Nepal Press

११० क्यान्सरपीडितलाई सुर्खेत जनस्वास्थ्य कार्यालयको सहयोग

सुर्खेत । जिल्ला जनस्वास्थ्य कार्यालयले चालू आर्थिक वर्षमा सुर्खेतले जिल्लाका एक सय १० जना क्यान्सरपीडितलाई यातायात खर्च दिएको छ । उनीहरुलाई १० हजारका दरले रकम दिइएको हो ।

जनस्वास्थ्य कार्यालय प्रमुख गणेशभक्त गौतमका अनुसार सुर्खेतमा क्यान्सरको उपचार नहुने र क्यान्सर उपचारका लागि बाहिर जानुपर्ने बाध्यता भएकोले उनीहरुलाई राहतस्वरुप यातायात खर्च दिइएको हो ।

उनले भने, ‘हामीले प्रत्येक व्यक्तिलाई एक पटक रकम दिने गरेका छौं । यद्यपि आर्थिक अवस्था कमजोर भएकाहरुलाई भने दोहोर्‍याएर पनि यातायात खर्च दिने गरिएको छ ।’

क्षयरोग बिरामीहरुलाई दिएको पोषण तथा यातायात खर्च अन्तर्गत प्रति व्यक्ति मासिक ५ सयका दरले ६ महिनाको ३ हजारका दरले दुई लाख रकम उपलब्ध गराइएको छ ।

कार्यालयले एमडीआर टिवी भएका बिरामीलाई समेत आर्थिक सहयोग गर्ने गरेको छ । चालू आर्थिक वर्षमा प्रति महिना ३ हजारका दरले चार लाख रकम टिवी (क्षयरोग)का बिरामीलाई रकम दिइएको छ । त्यस्तै आमा सुरक्षा कार्यक्रम अन्तर्गत आकस्मिक अवस्थाका गर्भवती तथा सुत्केरीलाई एम्बुलेन्स मार्फत अस्पताल पुर्‍याउने गरिएको छ ।

त्यस्ता ६ जना महिलालाई ५१ हजार रुपैयाँ दिइएको छ । यस्तै महिला स्वास्थ्य स्वयंमसेविकालाई सम्मान जनक बिदाई गर्दा दुई लाख ८० हजार खर्च भएको छ । गौतले जिल्ला जनस्वास्थ्यले चालू आर्थिक वर्षमा ९५ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तिय प्रगति गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर