यो सरकार मृत भइसक्यो, शिवले सतीदेवी बोकेजस्तो बोकेर हिँड्नु उपयुक्त छैन : ओली (भिडिओ) – Nepal Press

यो सरकार मृत भइसक्यो, शिवले सतीदेवी बोकेजस्तो बोकेर हिँड्नु उपयुक्त छैन : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार मृत भइसकेको बताएका छन् । उनले यो सरकारलाई अब धेरै बोकेर हिँडिरहनु उपयुक्त नहुने तर्क गरे ।

काठमाडौँमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले चुनावअघि सरकार परिवर्तन गर्नुपर्ने आशय व्यक्त गरेका थिए । यद्यपि, उनले यो सरकारको विकल्प भने अघि सारेनन् ।

ओलीले भने, ‘यो सरकार निष्प्राण र डेड भइसक्यो… । देशका लागि मृत भइसक्यो… । सतीदेवीलाई शिवले काँधमा बोकेर हिँड्दाजस्तो बोकेर हिँड्नु आवश्यक छैन । शिवले बोकेर हिँड्दा सतीदेवी त बाँचिनन् भने यस्तो गठबन्धन बोकेर के अर्थ ?’

उनले थपे, ‘यो सरकारका प्रत्येक अंग झर्दै जान्छन् । अस्ति एउटा अंग फत्र्याक्क झर्‍यो अब अरू अंग पनि झर्छन् । तर, भ्रष्टाचारी अंग झरेर पीठ बन्छ ? जहाँ यसका अंग झर्छन् त्यो ठाउँ रुखो हुन्छ । यसले हैजा फैलाउँछ ।’

ओलीले यो परमादेशी सरकारको अब कुनै अर्थ नभएको भन्दै आफ्नो पार्टी सकेसम्म सहमतिको बाटोमा जान चाहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *