चीनको बैंकमा आर्थिक संकट, निक्षेपकर्तालाई पैसा फिर्ता दिन सकेन
काठमाडौं । चीनको हेनान प्रान्तमा ४ वटा बैंक निक्षेपकर्ताको पैसा फिर्ता गर्न सक्ने अवस्थामा पुगेका छन् ।
अप्रिलदेखि बैंकमा राखेको पैसा फिर्ता नपाएपछि निक्षेपकर्ताहरू आफ्नो पैसा फिर्ता पाउँ भन्दै आन्दोलनमा उत्रिएका छन् । निक्षेप कर्ताले झ्ङगुको पिपुल्स बैंक अफ चाइनामा आन्दोलन गरेका हुन् ।
हिजो मात्रै हजारौँ निक्षेपकर्ता चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’को अगाडि प्रदर्शन गरेका थिए । चीनको हेनान प्रान्तमा ४ वटा साना ग्रामीण बैंकहरू विरुद्ध विरोध गर्दै आएका छन् ।
एजेन्सीका अनुसार हेनान प्रान्तका युझाउ सिनमिन शेङ भिलेज बैंक, शाङ्काई हुइमिन भिलेज बैंक, झेचेङ हुआङहुई कम्युनिटी बैंक र काइफेङ न्यू ओरिएन्टल ग्रामीण बैंकले निक्षेप फिर्ता दिएका छैनन् ।
चिन पनि श्रिलंकाकै बाटो मा हाे कि के हाे।