त्रिवि सुधारको माग गर्दै नेकपा एसका विद्यार्थी आमरण अनशनमा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित विभिन्न माग राख्दै नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले आमरण अनशन थालेको छ ।
विकृति विसंगति र शैक्षिक अपराधीकरण बढेको भन्दै त्रिवि सुधारको माग राखेर अनशन सुरू गरिएको अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए ।
त्रिवि उपकूलपतिसमक्ष सो संगठनको १३ बुँदे माग छ ।
जसमा एमफिल र पीएचडीलाई नियमितसँग विद्यार्थीको शुल्क सर्वसुलभ बनाउनुपर्ने, स्ववियू निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, परीक्षा प्रणाली र प्रश्नपत्रमा देखिएका समस्यामा जोडिएका जिम्मेवार व्यक्तिलाई कारबाही गर्नुपर्ने, सबै संकायका पाठ्यक्रम समयानुकूल परिमार्जन गरिनुपर्ने, विश्वविद्यालयका पदाधिकारी र अन्य नियुक्तिमा हुने राजनीतिक भागवण्डाको अन्त्य गरी प्रतिस्पर्धाको आधारमा हुनुपर्ने लगायतका छन् ।
यिनकाे भाषामा सुधार भनेकाे यिनलाई लुटन माैका दिनुपर्छ भन्ने हाे । ताेडाफाेड गर्नेलाई तु. जेल हाल्नु ।