राजधानीमा युवा संघको प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला दहन (तस्बिरहरू)
२०७९ असार २८ गते १९:२१
काठमाडौं । राष्ट्रिय युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेकपा एमाले निकट युवा संघले महँगी र भ्रष्टाचार बढेको, देशमा आर्थिक संकट उत्पन्न हुँदा पनि सरकारले ध्यान नदिएको लगायतका आरोप लगाउँदै प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले गठबन्धनको उपहार महँगी र भ्रष्टाचार, हतियारको खेलोमा श्रीलंकाको मेलोमा लगायतका नारा लगाएका थिए ।
प्रदर्शनपछि उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत दहन गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर