ओली भन्छन्- घाँसी कविता भानुभक्तले लेखेकोमा शंका गर्ने ठाउँ छ (भिडिओ) – Nepal Press

ओली भन्छन्- घाँसी कविता भानुभक्तले लेखेकोमा शंका गर्ने ठाउँ छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चर्चित ‘घाँसी’ कविता भानुभक्त आचार्यले नै लेखेकोमा शंका व्यक्त गरेका छन् । भानु जयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा उनले यो कविता मोतीराम भट्टले लेखेको हुन सक्ने आशय प्रकट गरे ।

ओलीले भने, ‘घाँसी कवितामा शंका गर्ने ठाउँ छ । तनहुँको घाँसी कुवाको आसपासमा घाँसी भएर काम गर्ने प्रचलन थियो कि थिएन ? घाँसी शब्द त्यहाँ थियो कि थिएन ? घाँस काटेर बेच्ने काम त त्यति बेला शहरबजारमा हुने हो । गाई पाल्ने, घोडा पाल्ने बनारस जस्तो ठाउँमा चल्ने कुरा हो ।’

उनले थपे, ‘भानुभक्तले वर पिपलको छायाँमा बसेर घाँसी लेखे कि बनारसमा मोतीराम भट्टले लेखे शंका गर्ने ठाउँ छ । भानुभक्तका धेरै रचनाको संकलन मोतीराम भट्टमार्फत भएको छ । मोतीरामले भानुभक्तलाई समीक्षात्मक दृष्टिले भन्दा पनि गुरु भक्तिको दृष्टिले हेर्थे । परम गुरु मान्थे । त्यसैले मोतीरामका रचना गुरुभक्तिवादबाट बढी निर्देशित पाइन्छ ।’

ओलीले भानुभक्तको सबैभन्दा ठूलो योगदान रामायणको अनुवाद भएको बताए ।

उनले भने, ‘उनको महत्त्वपूर्ण कुरा भनेको रामायणको अनुवाद । यो चैँ भानुभक्त आफैँले गरेको हो । यसको रचना केही तनहुँमा भयो केही जेलमा भयो ।’


प्रतिक्रिया

2 thoughts on “ओली भन्छन्- घाँसी कविता भानुभक्तले लेखेकोमा शंका गर्ने ठाउँ छ (भिडिओ)

  1. यि नरपिचास आफैले लेखेको जस्तो कुरो गर्छ। कबिता त पढ् बढ्ढा बनारसमा हो कि तनहुको चौतारीमा बसेर लेखेको हो !!!!!

  2. ओलि जि तपाई चाहे जुनसुकै पार्टीको जुनै पोजिसन को नेता भए पनि यो भानु भक्त/ घासिको कबिता मा संका गर्नु भयेकोमा तपाईंको historical ability कमि नै रहेछ भन्ने लाग्यो।
    यो सुन्नुस!!
    तनहुँको दमौली नजिक घाँसिकुवा भन्ने ठाउँ छ। जहाँ पहरामा खनेको कुवा पनि थियो जुन पृथ्वी राजमार्ग बनाउदा क्षती पुर्यायो र हाल अलिक कुनामा सिमेन्टेट गरि बनाइएको छ।
    त्यो जमानामा पनि दमौली वरिपरी मुखिया/ पन्च हरुको हाली मुहालि थियो जहाँ भैंसी पालेर दूध घिउत खान्थे तर भैसिलाई घाँस काट्ने देखि खेतीपातीमा चाहिने जोत्ने खन्ने दाउरा काट्ने बोक्ने अरुलेनै गर्दिनु पर्थ्यो। हो येस्तै मुखिया/ पन्च हरुलाई घाँस बेचेर खनेको कुवा हो भन्ने हाम्रो बाजे बाजुरा ले पनि भन्नेको कुरा हो ।
    आफू मरेर गयेपनी आफ्नो सम्जना छाड्नु पर्छ भनेर दुख गरि तेस्तो चट्टान छिनोले खोपि बनायेको कुवाको चिसो पानी ठोरी/भारत तथा नेपाल (ktm) बाट नुन तथा अन्ने समान बोकेर हिन्ने बटुवाले पिउने र जाने आउने ले घाँसी को प्रशंसा गर्ने गरेको कुराले प्रभावित भएर चुदी रम्घा तनहुँ बाट तेहि बाटो हुँदै हिड्दा भानुभक्तले देखे/सुने र मपनि केही गर्छु भनी संस्कृत मालेखिएको रामायण नेपालिमा convert गरेका थिए ।
    सबै कुरा झापामा हुदैन मित्र ईतिहास लाई पनि मान्ने गरौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर