गभर्नर अधिकारीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
नेपाल प्रेस
२०७९ असार २९ गते १८:११
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै माइतीघरमा विरोध प्रदर्शन भएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले ‘महाप्रसाद अधिकारी र उनको परिवारको सम्पत्ति छानबिन गर’, ‘राष्ट्र बैंक सोस्ने एमालेलाई पोस्ने ?’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा नियुक्त एम अधिकारी नै गभर्नर अधिकारी नै भएको उनीहरूको दाबी छ ।
तस्बिरहरु : गाैरव पाैडेल
प्रतिक्रिया
गुण्डाहरूकाे जस्ताे प्रदर्शन ।