निवासमा भेट्न आएका बालेन्द्रलाई ओलीले दिए तबला उपहार, र्यापमाथि गरे यस्तो टिप्पणी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीकाे आमन्त्रणमा मेयर बालेन उनलाई भेट्न हिजाे निजि निवास बालकोट पुगेका थिए ।
भेटमा ओलीले युवाहरु राजनीतिमा अगाडि आउनु धेरै राम्रो भएको भन्दै मेयर साहको प्रशंसा गरे । ओलीले मेयर साहको गीतमा टिप्पणी पनि गरे ।
उनले बालेनलाई भने,‘मैले तपाईंको गीतहरु सुनेको छु । राम्रो लाग्यो । तर तपाईले सबै नेताहरु चोर हुन्छन् भन्नुभएको छ । केही नेताहरु हुन्छन्, तर सबै नेताहरु हुदैनन् । गीतमा बाेल्दा सँधै सत्य बोल्नुपर्छ ।’
बालेनले ओलीको घरमा तबला देखेपछि तपाई बजाउनुहुन्छ ? भनेर सोधेका थिए । ओलीले सकारात्मक जवाफ दिए । बालेनले ‘मेरो पनि घरमा थियो, तर बिग्रेको छ’ भनेपछि ओलीले ‘यही लैजानुस भनेर तबला उपहार दिए ।
ओली र बालेनको यो दोस्रो भेट हो । यसअघि स्थानीय चुनावकाे मतगणनाकाे क्रममा नै बालेनले ओलीलाई बालकाेटमै गएर भेटेका थिए ।
कामनपा मेयर बालेन्द्र शाह उर्फ #बलेन ज्यू तबला उपहार दिएर तपाईंको समाजिक परिवर्तनको मार्गको हाईवे राजमार्गकोबाटोमा उनको चतुर्याइँले सिङ्गै काठमाडौंवासीको भविष्यमाथि तपाईंको शाहरा लिएर मौलिक #स्वतन्त्रताको अधिकारलाई कुन्ठित गर्ने तपाईंको माध्यम द्वारा #तबला नबनोस् । भवतु: सर्व मंगलम्