नेपालका प्रत्येक क्रान्ति कम्प्रमाइजमा टुंगिएका छन्ः प्रचण्ड (भिडिओ) – Nepal Press

नेपालका प्रत्येक क्रान्ति कम्प्रमाइजमा टुंगिएका छन्ः प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबैजसो क्रान्ति कम्प्रमाइजमा टुंगिएको बताएका छन् । अल्टरनेटिभ फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा सूचना-प्रविधि सम्बन्धी नीति सम्वाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

‘नेपालमा ठुल्ठूला परिवर्तनका निम्ति जनस्तरबाट आन्दोलन भए, क्रान्ति भए । ती विज्ञानमा आधारित भएकै कारण केही सफलता पाएका हुन्,’ उनले भने, ‘तर, सम्पूर्णरूपमा क्रान्ति सापेक्षिक रूपमा हुनसकेका छैनन् । प्रत्येक क्रान्ति कम्प्रमाइजमा टुंगिएका छन् ।’

क्रान्ति र परिवर्तनहरू सम्पन्न गर्दा धनीले नभई गरिब वर्गले गरेको अध्यक्ष प्रचण्डले बताए ।

उनले भने, ‘क्रान्ति र परिवर्तन सम्पन्न गर्दा धनी र सम्पत्तिशालीले गरेका छैनन् । धेरै सम्पत्ति भएका करोडपति-अरबपतिहरूले त क्रान्ति गरेका छैनन् । ती श्रमजिवी, मध्यम वर्ग या सम्पत्तिहीनको विद्रोहबाट भएका छन् ।’

तर, यस्ता विद्रोह धेरै कारणले कम्प्रमाइजमा टुंगिनुपर्ने स्थिति बनेको उनले बताए ।

‘कम्प्रमाइज गर्दा सम्पत्तीशाली वर्ग जसको अनुभव, जसको पुँजीको तागत, जसको सत्ताको ताकत र त्यसलाई सञ्चालन गर्ने अनुभवसँग कम्प्रमाइज गरेर आएको शक्तिको वा विज्ञानलाई प्रयोग गर्ने शक्तिको संघर्ष हुने र उनै हाबी हुने देखियो,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर