गभर्नर महाप्रसादलाई एमालेको जवाफ- एम अधिकारी तपाईँ होइन (पत्रसहित) – Nepal Press

गभर्नर महाप्रसादलाई एमालेको जवाफ- एम अधिकारी तपाईँ होइन (पत्रसहित)

काठमाडौं । नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभागमा एम अधिकारी, खोटाङ भनी उल्लेखित व्यक्ति राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पारेको छ ।

गभर्नर अधिकारीले एमालेलाई लेखेको पत्रको जवाफ दिँदै सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले एम अधिकारी नै गभर्नर महाप्रसाद भनी भ्रम सिर्जना भएकोमा ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले एमालेको कमिटी र विभागहरूमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था नरहेको भन्दै एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेका छन् ।

गभर्नर अधिकारीले यसअघि एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी विभिन्न मिडियामा आफ्नो नाम जोडेर एम अधिकारी भन्ने व्यक्ति आफू नै रहेको भान हुनेगरी समाजमा भ्रम सिर्जना भएको जनाएका थिए ।

आफू कुनै पनि दलको सदस्य नरहेको र कुनै दल विशेषको समितिमा रहने, बस्ने भन्ने कुरा कल्पना बाहिरको विषय रहेको भन्दै अधिकारीले यसबारेमा प्रष्ट पारेर आफूलाई समेत जानकारी दिन पत्र लेखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर