सामाजिक सञ्जालमा कर लगाउने भन्दा हिजो गलत आज ठीकः बास्कोटा
काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षदेखि सामाजिक सञ्जाल फेसबुक र युट्युबलगायतमा कर लगाउने भएको छ ।
सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०७९ जारी गर्दै नयाँ आर्थिक वर्षदेखि सेवा प्रदायकहरुबाट कर लिन लागेको हो । आर्थिक वर्ष २०७९/८० देखि सरकारले विद्युतीय सेवा कर तिर्नुपर्ने व्यवस्था गरेको हो ।
नयाँ आर्थिक वर्षदेखि सामाजिक सञ्जालबाट सेवा प्रदान गर्ने सेवा प्रदायकहरुले २ प्रतिशत कर तिर्नुपर्ने भएको हो । २० लाख रुपैयाँभन्दा धेरै कारोबार गर्नेहरुलाई २ प्रतिशत कर लाग्नेछ ।
नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले हिजो गलत भनिएको विषय आज ठीक भएको भन्दै व्यंग्य गरेका छन् ।
बास्कोटा मन्त्री भएको बेला सामाजिक सञ्जाललाई करको दायरामा ल्याउनेभन्दा चर्को विरोध भएको थियो । तर, अहिले सरकारले सामाजिक सञ्जालमा नै कर लगाउने भएको छ ।
बास्कोटा ट्वीटरमा लेख्छन्, ‘सरकारले फेसबुक, ट्वीटर, युट्युब जस्ता सोसल साइट सञ्चालकलाई साउनदेखि करको दायरामा ल्याउने भएछ । तर, म माइतीघर मण्डलामा बगैँचा माड्न जान्न र स्वतन्त्रता हनन भयो भनेर सञ्चारमन्त्रीको पुत्ला जलाउँदिनँ । बरु कार्यविधिले हुँदैन, सूचना प्रविधि कानुन घर्राबाट निकाल भन्छु। त्यही हिजो गलत आज ठीक ? देखाओ रमिता ’
सरकारले फेसबुक,ट्वीटर,युटुब जस्ता सोसलसाईट सन्चालकलाई साउनदेखि करको दायरामा ल्याउने भएछ।तर म माईतीघर मण्डलामा बगैचा माड्न जान्न र स्वतन्त्रता हनन भो भनेर संचारमन्त्रीको पुत्ला जलादिन।बरु कार्यविधिले हुदैन,सुचना प्रविधि कानुन घर्राबाट निकाल भन्छु।त्यही हिजो गलत आज ठीक?देखाओ रमीता!
— Gokul Prasad Baskota (@GokulPBaskota) July 14, 2022