गभर्नर अधिकारीको विषयमा एमालेले विश्वसनीय ढंगले खण्डन गरेनः नारायणकाजी श्रेष्ठ (भिडिओ) – Nepal Press

गभर्नर अधिकारीको विषयमा एमालेले विश्वसनीय ढंगले खण्डन गरेनः नारायणकाजी श्रेष्ठ (भिडिओ)

काठमाडौं । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले) को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उहाँको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गरे ।

२०७३ सालमा उक्त विभागमा महाप्रसाद अधिकारीको नाम रहेको र अहिले एम अधिकारीको नाममा रुपान्तरित भएर अर्थ तथा योजनाविद् भनेर राखिएको उनको दाबी छ ।

उनले यस विषयमा एमालेले विश्वसनीय ढङ्गले खण्डन नगरेको भन्दै गर्न सक्ने स्थिति पनि होला कि नहोला भन्ने प्रश्न गम्भीर रहेको बताए ।

नेता श्रेष्ठले अघिल्लो सरकारले विरोध गरेको संवैधानिक परिषदसम्बन्धी विधेयक अघि बढाउन नहुने जिकिर पनि गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर