प्रधानमन्त्रीले भने- हतियार किन्ने केन्द्रीय सरकारको योजना छैन – Nepal Press

प्रधानमन्त्रीले भने- हतियार किन्ने केन्द्रीय सरकारको योजना छैन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीलाई हतियार किन्ने केन्द्रीय सरकारको कुनै योजना नरहेको प्रष्ट पारेका छन् । केन्द्रीय कार्य समिति बैठकमा गोपालमान श्रेष्ठले उठाएको प्रश्नको तत्काल जवाफ दिँदै देउवाले हतियार किन्ने योजना नरहेको बताएका हुन् ।

देवाको भनाइ थियो, ‘हतियार किन्ने त्यो कुरा गलत हो । हतियार खरिद गर्ने केन्द्रीय सरकारको कुनै योजना छैन ।’

प्रहरीलाई हतियार केन्द्रीय सरकारबाहेक प्रदेश सरकारले किन्न पाउँने संवैधानिक व्यवस्था छैन । हतियार खरिदका लागि ८४ करोड रूपैयाँ रकमान्तर भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर