भारत पुगे प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतकाे नयाँ दिल्ली पुगेका छन् ।
अध्यक्ष प्रचण्ड भारतको इन्दिरा गान्धी विमानस्थलमा सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरे । उनकाे स्वागतमा भारतस्थित नेपाली दुतावासका राजदुत डा. शंकर शर्मा लगायतको उपस्थिति रहेको थियो ।
भारतमा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भारतीय दूतावास स्रोतले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटको चाँजोपाँजो मिलाउने बताइए पनि त्यो निश्चित भइसकेको छैन ।
भारतीय सत्तारुढ दल भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत पुगेको सचिवालयले जनाएको छ ।
तीन दिनसम्म भारतमा रहँदा प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतका विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि भेटवार्ता हुने तालिका रहेको छ । ३ दिनको भ्रमण सकेर दाहाल आइतबार स्वदेश फर्किने छन् ।
विदेशीकाेदाे लागी दलाली गर्नेसँग नेपाली जनता सचेत भने हुनुपर्छ किनकी यस्ताले पदकाे लागि देशै बेचिदिन्छन् । अहिले नागरिकता विधेयकमा ७ वर्षे प्रावधान हटाएर भारतभक्ति देखाएबापतकाे नजराना लिन गएका हुन् । याे विधेयक खतरनाक छ । गठबन्धन बनेकै दलाली गर्न र देश बर्बाद गर्न हाे । जनता सचेत हुनुपर्छ । कुरा के बुझाैं भने अहिलेका प्र.म. भनेका यस्ता व्यक्ति हुन् जाे आफूले पद नपाए व्यवस्थानै राजाकाे पाउमा चढाउने, पार्टी फुटाउनेसम्मका हुन्। श्रीमतीकाे आदेश पालकले श्रीमतीलाई प्रधानमन्त्री बनाउन जे भने पनि मान्दछन् । त्यसैले भारतकाे डिजाईनमा श्रीमती र दलाललाई आधा आधा कार्यकाल प्रधानमन्त्री बनाईदिउँला भनेर नागरिकता विधेयक पास गर्नेदेखि अन्य राष्ट्रघाती काम गराउँदैछ भारतले । यस्ता दलालहरूबाट नेपाली जनता सचेत बनाैं । यिनकाे घाेर विराेध गराैं र आगामी चुनावमा यिनलाई पत्तासाफ गरिदिउँ ।