डाक्टरी पढ्ने शुल्क बढ्यो: उपत्यकाभित्र ४१ लाख ६८ हजार, बाहिर ४५ लाख ९५ हजार (शुल्कसहित) – Nepal Press

डाक्टरी पढ्ने शुल्क बढ्यो: उपत्यकाभित्र ४१ लाख ६८ हजार, बाहिर ४५ लाख ९५ हजार (शुल्कसहित)

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका सबै तह र विधामा शैक्षिक सत्र २०७८÷७९ समूह (ब्याच)का लागि नयाँ शुल्क निर्धारण गरेको छ ।

गत जेठ १७ बसेको आयोगको निर्णयानुसार चिकित्सा शिक्षाका सबै तहमा र विधा ३.६ प्रतिशतले वृद्धि गरिएको उपसचिव मेघनाथ शर्माले जानकारी दिए ।

उपत्यकाभित्र एमबीबीएस (डाक्टर) पढ्न ४१ लाख ६८ हजार ९० शुल्क निर्धारण गरिएको छ । उपत्यका बाहिर डाक्टर पढन ४५ लाख ९५ हजार ७२० शुल्क निर्धारण गरिएको छ ।

नर्सिङ पढ्न १० लाख निर्धारण गरिएको आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर