छत ढलानको क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
नेपाल प्रेस
२०७९ साउन १ गते १३:३७
हेटौंडा । मकवानपुरमा घरको छ्त ढलान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मकवानपुरगढी गाउँपालिका–३ को राम प्रसाद सञ्जेलको घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।
ढलान गर्न भाईब्रेसन मेसिन चलाउँदा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका पर्साका नन्दुराम हजाराको उपचारको लागि हेटौंडा ल्याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर