आजबाट इन्टरनेटको शुल्क घट्यो
नेपाल प्रेस
२०७९ साउन १ गते १५:१२
काठमाडौं । आजदेखि इन्टरनेटको शुल्क घटेको छ ।
आर्थिक विधेयकमार्फत दूरसञ्चार सेवा शुल्क १३ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएसँगै नयाँ आर्थिक वर्षको सुरूवातबाट सेवा प्रदायकहरूको महसुल दर पनि सामान्य घटेको हो । अन्य शुल्क भने यथावत राखिएको आर्थिक ऐनमा उल्लेख छ ।
इन्टरनेट सेवा प्रदायकहरूले एकले अर्काको नेटवर्क प्रयोग गरेको अवस्थामा भने इन्टरकनेक्सन चार्ज र फिक्स्ड ब्रोडब्याड सेवा शुल्कको ५० प्रतिशतसम्मको मर्मत सम्भार शुल्कमा भने यस्तो दस्तुर लाग्ने छैन ।
प्रतिक्रिया
सम्बन्धित खवर