बीजेपी कार्यालयबाट निस्केर प्रचण्डले भने- भ्रमण निकै फलदायी भइरहेको छ (भिडिओ) – Nepal Press

बीजेपी कार्यालयबाट निस्केर प्रचण्डले भने- भ्रमण निकै फलदायी भइरहेको छ (भिडिओ)

काठमाडौं । भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यहाँको सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालय अवलोकन गरे । अवलोकनपश्चात उनले दुनियाँको सबैभन्दा ठूलो राजनीतिक पार्टीको कार्यालय हेर्न पाउँदा आफू उत्साहित बनेको प्रतिक्रिया दिएका छन् ।

बीजेपी मुख्यालयबाट निस्किँदै प्रचण्डले आफू भारत आएदेखि नै निकै फलदायी र उपलब्धिपूर्ण कुराकानीहरू भइरहेको बताएका थिए ।

उनले नेपालीमा हिन्दी मिसाउँदै भने, ‘तपाईंहरूलाई थाहै छ, दुनियाँको सबैभन्दा ठूलो राजनीतिक पार्टीका रूपमा स्थापित बीजेपीका प्रेसिडेन्ड जेपी नाड्डाजीके आमन्त्रणमे मै आयाथा । अफिसमे आकर पार्टी अफस कसरी चलेको छ भन्ने हेर्न पाएँ र धेरै उत्साहित छु ।’

उनले दुई पार्टी र दुई देशबीचको सम्बन्ध बलियो बनाउने विषयमा कुराकानी भएको बताए ।

‘कहिले बीजेपीको आमन्त्रणमा हामी आउने त कहिले हाम्रो आमन्त्रणमा बीजेपी उता जाने गरी विभिन्न कार्यक्रम गर्ने नाड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु । म आज धेरै उत्साहित छु ’, प्रचण्डले भने ।

तस्बिरहरू : गंगा दाहालको फेसबुकबाट ।


प्रतिक्रिया

One thought on “बीजेपी कार्यालयबाट निस्केर प्रचण्डले भने- भ्रमण निकै फलदायी भइरहेको छ (भिडिओ)

  1. फलदाई भनेकाे के ? के कुरामा फलदाई ? तिमीलाई एक नम्बरकाे दलालमा दर्ज गरिदिएकाेमा फलदायि ? देशले के पायाे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर