युरोपमा डढेलो फैलिएपछि कैयौँ मानिसले घर छोडे – Nepal Press

युरोपमा डढेलो फैलिएपछि कैयौँ मानिसले घर छोडे

काठमाडौं । युरोपमा डढेलो फैलिएपछि कैयौँ मानिस घर छोडेका छन् । दक्षिण– पश्चिम क्षेत्रको जङ्गलमा लागेको आगो स्पेन, क्रोएशिया र ग्रीसमा पनि फैलिएपछि फ्रान्सले डढेलोको खतरामा रहेका १४ हजारभन्दा बढी मानिस सुरक्षित ठाउँमा स्थानान्तरण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जानकारी दिएको छ ।

फ्रान्सको चर्चित पर्यटन क्षेत्र गिरोन्डेका अधिकारीहरूले भ्रमणस्थलबाट सुरक्षाकर्मीहरूलाई पनि हटाएका छन् भने हाल टेस्टे–डे–बुच र ल्यान्डिरास क्षेत्रमा आगो फैलिएको छ।

आगलागीका कारण दक्षिणी स्पेनका मिजासका पहाडहरूबाट ३,२०० भन्दा बढी मानिसहरू सुरक्षित ठाउँतर्फ गएका छन् । पोर्चुगलको भूभागमा भएको आगलागी भने हाल नियन्त्रणमा आएको छ।

पोर्चुगल सरकारका अनुसार गत साता मात्रै गर्मीका कारण ६५९ जना मानिसको मृत्यु भएको छ र तीमध्ये अधिकांश वृद्धवृद्धा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर