गहनापोखरीबाट हराएको गहना भेटियो, तीन जना पक्राउ
नेपाल प्रेस
२०७९ साउन २ गते ११:३५
काठमाडौं । गहनापोखरीमा भक्तजनले चढाएको गहना चोरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अनुसन्धान प्रहरी कार्यालय र महानगरीय प्रहरी वृत्त कमलपोखरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम खुलाइएको छैन । स्रोतका अनुसार अझै एक जना फरार छन् ।
असार २२ गते गहनापोखरीमा रहेको सरस्वती मातालाई भक्तजनले चढाएको करिब १० तोला सुनका गरगहना, चाँदीका कलश र थालीलगायत सामग्री चोरी भएको थियो । चोरी भएकोमध्ये केही सामान अझै बरामद हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
One thought on “गहनापोखरीबाट हराएको गहना भेटियो, तीन जना पक्राउ”
Leave a Reply
सम्बन्धित खवर
गहना चढाइएको मिति असार २२ हो? कि चोरिएको मिति असार २२ हो? अलि भाषातग त्रुटि देखियो ।
लेखिएको वाक्य अनुसार गहना असार २२ गते चढाएको बुझिन्छ । तर भाव अनुसार सो दिन चोरिएको जस्तो लाग्यो ।
सायद थोरै शुद्ध लेखन यसरी हुन्थ्यो कीः
“गहनापोखरीमा रहेको सरस्वती मातालाई भक्तजनले चढाएको करिब १० तोला सुनका गरगहना, चाँदीका कलश र थालीलगायत सामग्री असार २२ गते चोरी भएको थियो । ”
(भाषागत विज्ञ त हैन, आफूलाइ लागेको कुरामात्र लेखेको ।)