निजी स्वार्थको सुँड घुसाउने सुलसुले हात्तीबाट त्रिवि बचाऔं : अनेरास्ववियु (१० बुँदे सुझावसहित) – Nepal Press

निजी स्वार्थको सुँड घुसाउने सुलसुले हात्तीबाट त्रिवि बचाऔं : अनेरास्ववियु (१० बुँदे सुझावसहित)

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयलाई निजी स्वार्थको जडबाट बचाउनुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ ।

विश्वविद्यालयलाई बचाउन माग गर्दै युनियनले परीक्षा नियन्त्रण कार्यालय बल्खुलाई पत्राचार गरेको हो ।

सोमबार अध्यक्ष सुनिता बरालको हस्ताक्षरमा परीक्षा नियन्त्रण कार्यालय (पनिका) लाई एक मागपत्र पेस गर्दै अनेरास्ववियुले नेपालको शिक्षा माफिया र दलाहरूको रंगमञ्च बनेको र त्यसबाट बचाउनुपर्नेमा जोड दिएको हो ।

‘नेपालको शैक्षिक क्षेत्र माफिया र दलालहरूको रङ्गमञ्च बन्दै गएको छ सार्वजनिक शिक्षालाई खुइलाएर, निजीकरणलाई पोस्न सरकारी मुखण्डो ओडेर, निजी स्वार्थको सुंड घुसाउने सुलसुले हात्तीहरूबाट त्रिविलाई बचाउनु पर्ने आजको आवश्यकता हो’, मागपत्रमा भनिएको छ ।

पनिका बल्खु पनि दलाल, माफिया र अप्राज्ञिक व्यक्तिहरूको वदनीयतपूर्ण कार्यहरूबाट घेरिदै गएको विगतका केही घटनाहरूले पुष्टि गरेको अनेरास्ववियुको दाबी छ ।

संगठनको मागपत्रमा लेखिएको छ, ‘विडम्बना आज नेपालको शैक्षिक क्षेत्र माफिया र दलालहरूको रङ्गमञ्च बन्दै गएको छ सार्वजनिक शिक्षालाई खुइलाएर, निजीकरणलाई पोस्न सरकारी मुखण्डो ओडेर, निजी स्वार्थको सुँड घुसाउने सुलसुले हात्तीहरूबाट त्रिविलाई बचाउनुपर्ने आजको आवश्यकता हो । त्यस्तै राजनीतिक दलगत छदम छाताभित्र छिपेर, राज्यसत्ताको आडमा विश्वविद्यालयलाई अनन्तकालीन तालाबन्दीको दुश्चक्रमा फसाउने र अन्ततः सार्वजनिक विश्वविद्यालयलाई विघटन गरी निजी क्षेत्रलाई पोस्ने हर्कतहरू पनि दिनानुदिन बढेका छन् ।’

शिक्षाबाट मात्रै सुखी नेपाल समृद्ध नेपालीको आकांक्षा पूरा हुने भन्दै अनेरास्ववियुले अगाडिका समस्याहरू जस्ताको त्यस्तै रहेको र यावत षड्यन्त्रको जालोलाई तोड्दै विश्वविद्यालयलाई सेन्टर अफ एक्सलेन्स बनाउन पनिकासमक्ष आफ्ना माग प्रस्तुत गरिएको जनाएको छ ।

आफ्ना मागहरूलाई बेवास्ता गरिए जस्तोसुकै कदम चाल्ने उसको चेतावनी छ ।

हेर्नुस् पनिकासमक्ष प्रस्तुत मागपत्र:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर