बाँकेमा लागूऔषध मुद्दाका दुइ जना फरार अभियुक्त पक्राउ – Nepal Press

बाँकेमा लागूऔषध मुद्दाका दुइ जना फरार अभियुक्त पक्राउ

बाँके । बाँकेमा लागूऔषध मुद्दामा फरार रहेका दुई जना अभियुक्त पक्राउ परेका छन् । नाै वर्ष बढी कैद सजाय तोकिएका कोहलपुर नगरपालिका–१५ बस्ने ३२ वर्षका अजयकुमार चौधरी र लागू औषध मुद्दामा नै २८ दिन कैद सजाय ताेकिएका कोहलपुर नगरपालिका १० का २० वर्षका सुदिप चौधरीलाइ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टाेलीले साेमबार पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेको २०७८ मंसिर ८ गतेको फैसलाले अजयकुमारलाइ लागूऔषध मुद्दामा नाै वर्ष २१ दिन कैद सजाय ठहर गरेकाे थियाे ।

उनीहरु दुवै जनालाइ  फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *