नागपोखरीकाे मन्दिरबाट गरगहना चोरी गर्ने गिरोह पक्राउ (भिडिओ) – Nepal Press

नागपोखरीकाे मन्दिरबाट गरगहना चोरी गर्ने गिरोह पक्राउ (भिडिओ)

काठमाडौं । काठमाडौंको नक्साल नागपोखरीस्थित सन्तोषी माताको मुर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै असार २३ गते राति १ बजेको समयमा सन्तोषी माताको मन्दिरको ताल्चा फोडी चोरी गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा परिसर तथा प्रहरी बृत्त मालीगाउँबाट संयक्तरुपमा खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको जनाएको हो ।

घटनाबारे जानकारी पाउने बितिकै मन्दिरमा पुगी अनुसन्धानका बिविध बिधि र प्रविधिहरुको प्रयोग गरी घटनामा संलग्न अभियुक्तको पहिचान एवं चोरी भएका गरहगनासहितको खोजी कार्य शुरु गरिएको र मूर्ति जडित सुनचाँदीको गरगहना लगायतका सामाग्रीसहित नियन्त्रणमा लिइएको परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

पक्राउ पर्नेमा गौरीघाट बस्ने सबिना पराजुली, खरिबोट बस्ने विष्णु पछाई र गौरीघाट सिद्दार्थ बुढाथोकी रहेको उनले बताए । उनीहरुबाट सुनको तिलहरी, चाँदीको करुवा , चाँदीको चुकुन्दा, चाँदीको मुकुट, चाँदीको गिलास लगाएतका सामाग्री फेला परेको मैनालीले बताए ।

पक्राउ गर्नेहरुलाई काठमाण्डौ जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिई प्रहरी बृत्त, मालीगाउँबाट थप अनुसन्धान भईरहेको मैनालीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर