प्रचण्डले भने–नेकपाको बहुमत पक्ष बस्यौं, पार्टी एकीकरणको पनि छलफल भयो (भिडिओ) – Nepal Press

प्रचण्डले भने–नेकपाको बहुमत पक्ष बस्यौं, पार्टी एकीकरणको पनि छलफल भयो (भिडिओ)

कांग्रेससँगको गठबन्धन कायमै रहन्छ, हाम्रो एकता गठबन्धनको विरुद्ध होइन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यको बैठकमा विचार मिल्नेहरुबीच पुनः पार्टी एकीकरण गर्नेबारे सकारात्मक छलफल भएको बताएका छन् ।

सिंहदरवारमा भएको तत्कालीन नेकपामा पाँच सचिवालय सदस्यको छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले कांग्रेससँगको गठबन्धनलाई कायमै राखेर तत्कालीन नेकपाको बहुमत पक्ष एकतामा जानेबारे छलफल भएको बताए ।

उनले भने–हामी नेकपाकालका सचिवालयका बहुमत सदस्य एक ठाउँमा छौं । गठबन्धनलाई कायम राखेर जानेमा विमति छैन, कसरी प्रभावकारी बनाउने भन्ने छलफल पनि चलेको छ । हिजो एउटै पार्टीवाला भयौं, हामी नेकपाको बहुमत हौं त्यसैले विचार मिल्नेहरुबीच एकताको सम्भावनाका बारेमा छलफल भएको छ । पार्टी एकीकरणको पनि चर्चा गरेका छौं । तर यो हाम्रो एकीकरण वा छलफल गठबन्धनको विरुद्ध चाहीँ होइन ।

अध्यक्ष प्रचण्डले कांग्रेससँगको गठबन्धनको विपक्षमा नजाने समेत प्रष्ट पारे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर