ओलीले भने: वामपन्थी कोही छौ भने गठबन्धन छोड र आउ (भिडिओ) – Nepal Press

ओलीले भने: वामपन्थी कोही छौ भने गठबन्धन छोड र आउ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘वास्तविक’ वामपन्थी पार्टीसँग आफ्नो पार्टीले सहकार्य गर्नसक्ने सन्देश दिएका छन् । तर, अहिले आफूलाई वामपन्थी भन्ने पार्टीहरुको चरित्र वामपन्थीको जस्तो नभएको उनले टिप्पणी गरे ।

‘वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार गठन गरिपाउँ भनेर अदालतमा निवेदन हाल्नेहरुलाई कसरी वामपन्थी भन्ने ?’, पार्टीको प्रशिक्षण कार्यक्रममा ओलीले प्रश्न गरे, ‘वामपन्थीको चरित्र यस्तै हो भने हामी त वामपन्थी भएनौं ।’

ओलीले वास्तविक वामपन्थी कोही भए गठबन्धन छाडेर आउन आह्वान गरे । उनले भने, ‘यदि कोही साँच्चै वामपन्थी छौं भने गठबन्धन परित्याग गरेर आउ ।’

ओलीले वामपन्थी भनिने पार्टीहरु कांग्रेसको खुट्टा समातेर रुने गरेको बताए ।

‘कांग्रेसले कहिलेकाहीं ठ्याम्म गालामा झिल्का देख्ने गरी हान्छ । अनि ट्याप्प पिँडुलामा समातेर रुन थाल्छन् । ठूलो छु भन्दैमा हामीलाई नहेप, यसरी हेप्ने हो ? हेपाइ अति भो भन्दै गिड्गिडाउँछन् । गठबन्धन कुनै हालतमा टुट्नुहुँदैन भन्छन्’, ओलीले क्यारिकेचर गर्दै भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर