प्रदेश खारेज र हिन्दूराष्ट्र माग्दै कमल थापा सडकमा (भिडिओ) – Nepal Press

प्रदेश खारेज र हिन्दूराष्ट्र माग्दै कमल थापा सडकमा (भिडिओ)

काठमाडौं । प्रदेश संरचना खारेजीलगायतको माग राख्दै राप्रपा नेपालले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदेश संरचना खारेज हुनुपर्ने, धर्म निरपेक्षता खारेज गरी सनातन हिन्दूराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कारवाही गरिनुपर्ने माग राख्दै राप्रपा नेपालले प्रदर्शन गरेकाे हाे ।

उनीहरुले महंगी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माइतीघरबाट बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि आयोजित सभामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला दल भन्नेहरुले मुलुकमा ब्रह्मलुट मच्चाई राखेको र ठूला–ठूला भ्रष्टाचार लुकाइएको आरोप लगाए ।

मुलुक अस्तव्यस्त हुँदा पनि दलका नेताहरु चिर निन्द्रामा रहेको उनको भनाई छ । त्यस्तै उनले चार वर्षसम्म सदनमा छलफल भएको नागरिकता विधेयक फिर्ता लिएर नागरिकको हित विपरितको विधेयक ल्याउने षडयन्त्र भइरहेको आरोप लगाए ।

उनले जनताको जनजीविकाका विषयमा सरकार गम्भीर नभएसम्म विरोधका कार्यक्रम जारी राख्ने स्पष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *