नेकपाका बहुमत सचिवालय सदस्यसहित उपेन्द्र–बाबुराम समेटेर समाजवादी केन्द्र: प्रचण्ड (भिडिओ) – Nepal Press

नेकपाका बहुमत सचिवालय सदस्यसहित उपेन्द्र–बाबुराम समेटेर समाजवादी केन्द्र: प्रचण्ड (भिडिओ)

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यसहित उपेन्द्र यादव र बाबुराम भट्टराई समेटेर समाजवादी केन्द्र बनाउने प्रयास भइरहेको बताएका छन् ।

शनिबार जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले समाजवादी केन्द्र बनाउँदा त्यसमा समेटिन उपेन्द्र यादवलाई पनि अप्ठेरो नहुने बताए । उनले पछिल्ला भेटघाट र छलफल चुनावी मोर्चा हुँदै समाजवादी केन्द्र निर्माण र पार्टी एकतासम्म लक्षित रहेको बताए ।

उपेन्द्र र बाबुरामको पार्टी विभाजन निश्चित भएकाले अब कसरी अघि बढ्ने भन्नेबारेमा छलफल भएको उनले बताए ।

उनले समाजवादी केन्द्र निर्माणबारेमा डा. बाबुराम भट्टराई, माधव नेपाल, उपेन्द्र यादव, वामदेव गौतमसँग कुरा भइरहेको बताए । ‘उहाँहरु कोही पनि गठबन्धनबाट बाहिर जानुहँुदैन । गठबन्धनभित्र रहेका सबै वाम दलहरुसँग र वामदेवजीसँग राम्रो समझदारी बनाउनुपर्छ’, उनले भने, ‘ र, चुनावी खालको मोर्चा पनि हुनसक्छ । पार्टी एकताका लागि संयोजन समिति पनि हुनसक्छ । केही दिनभित्र हामी निष्कर्षमा पुग्छौं ।’


प्रतिक्रिया

One thought on “नेकपाका बहुमत सचिवालय सदस्यसहित उपेन्द्र–बाबुराम समेटेर समाजवादी केन्द्र: प्रचण्ड (भिडिओ)

  1. यो दलाललाई भारतले आदेश दिएको हो । यसको मुख्य काम एमालेलाई कमजोर बनाउने हो। देश विकास, जनताको उन्नती यसलाई मतलव नै होईन। कुलङ्घार नै रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर