एउटै रुखमा झुण्डिएको अवस्थामा भेटियो तीन किशोरीको शव
काठमाडौं । झापामा तीन जना किशोरी एउटै रुखमा झुडिएको अवस्थामा फेला परेको छ ।
झापाको कचनकवल गाउँपालिका- ५ बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा रहेको बयरकाे ढल्केकाे रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
कचनकवल-५ पाठामारीमा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अन्जली गणेश र १६ वर्षीया शर्मिला गणेश झुन्डिएको अवस्थामा भेटिएको वडाध्यक्ष मोहमद नुर आलमले नेपाल प्रेसलाई बताए ।
उनले भने,‘ आज बिहान साढे ७ बजे उनीहरुको शव फेला परेको हो । उनीहरु छुटाछुटै परिवारका हुन् ।’
चिया बगानका तीनैजना मजदुर उनीहरू शनिबारदेखि बेपत्ता थिए । अन्य कामदारले आज बिहान झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
झापा प्रहरी प्रवक्ता वसन्त पाठकले हत्या वा आत्महत्या खुलिनसकेको भन्दै घटनाबारे अनुसन्धान भइरहेको बताए ।